विद्यालयको परिचय
ऐतिहासिक पृष्ठभूमि
गण्डकी प्रदेश जिल्ला नवलपरासी बर्दघाट सुस्ता पूर्व कावासोती नगरपालिका वडा नं ४ मा अवस्थित यस श्री सरस्वती मा वि को स्थापना २०३२ साल आश्विन ४ गते तात्कालीन समाजसेवी, शिक्षाप्रेमी एवम बुद्धिजीवि व्यक्तित्वहरुको सक्रिय क्रियाशीलतामा भएको थियो । भौगोलिक विविधतायुक्त सुगम नगरपालिकाभित्रको दुर्गम वडाको रुपमा यो ४ नं वडा परिचित छ ।यही विकटतामा हुर्किएको यस विद्यालयले विभिन्न आरोह अवरोह सहदै वर्तमान अवस्थासम्म आइपुगेको छ । स्थापना कालमा श्री ऋmषिराम महतोको अध्यक्षतामा एघार (११) सदस्यीय तर्दथ समितिद्वारा सञ्चालन गरिएको र स्थानीय अभिभावक चूडामणि लुइटेलले सुरुमा मासिक रु ५० –( अक्षेरुपी पचास) पारिश्रमिक लिने गरी ५४ जना विद्यार्थीसहित खरको छानायुक्त छाप्राबाट पठनपाठन सुरु गरिएको थियो । समयान्तरमा स्थानीय समाजसेवी बुद्धिजीवि शिक्षाप्रेमी अग्रजहरुको अतुलनीय श्रमदान र तात्कालीन गाउँपञ्चायतको केही अनुदानमा ६ कोठे टिनको छानो भएको माटाको जडानयुक्त भवन निर्माण गरी पठनपाठन गरिदै आएको यस विद्यालयले वि.स २०४२ सालमा पठनपाठनका लागि कक्षा ५ सम्मको प्रावि विद्यालयको रुपमा स्वीकृति प्राप्त ग¥यो । विद्यार्थीको अत्यधिक चाप अभिभावकको शिक्षाप्रतिको चाहना छिमेकी मा वि सम्म आउन जानका लागि दुरी टाढा वर्षायाममा उर्लने केरुङ्गे खोलाको जोखिम आदि कारणबाट मा वि शिक्षाको पहुँचलाई यही विस्तार गर्ने अभिप्रायले क्रमश २०५४÷०५५ शैक्षिक सत्रदेखि नि मा वि सम्मको कक्षा सञ्चालन सुरु गरिदै आएको थियो । यद्यपि मा वि सम्मको स्वीकृतिको लागि परिलक्ष्य राखी अगाडि बढाइएको हाम्रा अग्रगामी कदम अनवरत बढेका छन् । भौगोलिक विषमताका कारण तथा समाजसेवी शिक्षाप्रेमी आम अभिभाबक ज्यूहरुको तीव्र चाहना एवम् जनघनत्वको उच्च चापका कारण विद्यार्थी भर्नामा देखिएको उल्लेख्य वृिद्ध आदिले शैक्षिक सत्र २०५८ देखि कक्षा मा वि ( ९ र १०) स्तरको कक्षा र २०६४र२०६५ देखि साविक उच्च मा वि को पठनपाठनका लागि अस्थायी अनुमति लिई कक्षा १२ सम्मको अध्ययन सुविधा प्रदान गराउन यो विद्यालय कोसे ढुङ्गा सावित भयो । यही गुणात्मक प्रगतिको प्रतिबिम्ब स्वरुप पहिलो पटक शैक्षिक सत्र २०५९ मा यस विद्यालयले एस एल सी (प्रवेशिका )परीक्षामा समावेश भई ५७.५५ प्रतिशत नतिजा ल्याउन सफल रहेको थियो । यसकै निरन्तरताकै क्र्रममा शैक्षिक सत्र २०७० सालको एस एल सी परीक्षामा यस विद्यालयले जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो । जसमा सहभागी ५० विद्यार्थीमध्ये ४० परीक्षार्थी उत्तीर्ण भई ८० प्रतिशत नतिजा दिदा एक प्रकारको थप हौसला सरोकारवाला सवैमा पैदा भएको थियो । यही नतिजा स्रोतकेन्द्रमा प्रथम र जिल्लामा तृतीय स्थान ओगट्न सफल रहेको थियो ।

त्यसपछि २०७१ सालमा एस एल सी परीक्षामा ६४ परीक्षार्थीमध्ये ५८ जना उत्तीर्ण हुदाँ ९०.६३ प्रतिशत नतिजा कायम हुनुले यो विद्यालयको गरिमा जिल्लामै उत्कृष्ट नतिजा दिने अब्बल विद्यालयका रुपमा स्थापित हुन पुग्यो । त्यस्तै २०७२ सालबाट एस.इ.इ. परीक्षा ग्रेडिङ्ग ( अक्षराङ्क) पद्घतिबाट सञ्चालित भए पश्चातको नतिजामा पनि सम्मिलित ७३ परीक्षार्थीमध्ये विषयगत रुपमा पनि उच्च ग्रेडमा शतप्रतिशत रुपमा नतिजा दिन सफल रहे । यो पनि प्रगतिको निरन्तरताको सूचकका रुपमा लिने गौरब प्राप्त भएको छ । विद्यालयमा शिक्षक तथा कर्मचारीको सेवा सुविधा तथा व्यवस्था सम्बन्धमा वर्तमानमा १२ जनाको स्थायी दरवन्दी २ जनाको उ मा वि राहत ,मा वि मा ४ जनाको र नि मा वि ३ जनाको र कर्मचारी १, लेखापाल १,भ्ऋम्मा २ जना गरी जम्मा २५ जना शिक्षक एवम् कर्मचारीको मासिक तलव भत्ता राज्यवाट उपलब्ध छ भने वाँकी आन्तिरिक स्रोतबाट सेवासुबिधा लिने गरी आधारभूत तहमा ७ जना मा वि मा २ जना,उ.मा.वि.मा १ जना १ जना कार्यालय सहायक साथै १ जना आयाको व्यवस्था मिलाइएको छ । वालवालिका माझ शिक्षाप्रतिको चासो अझ बढी प्रभावकारी बनाउन नर्सरी एवं के.जी.का कक्षा ९.३० देखि ३ बजे अपरान्हसम्म राखी पठनपाठन गराउने बदलिदो परिबेशअनुसार अंग्रेजी भाषाप्रतिको जनअपेक्षालाई परिपूर्ति गर्ने उद्देश्य राखी मा.वि.तहमा अंग्रेजी र नेपाली दुवै माध्यमवाट पठनपाठन सुरु गरिएको छ । अंग्रेजी भाषा प्रतिको मोहका कारण स्थानीय अभिभावकहरुलाई आवासीय तथा सस्थागत विद्यालयमा लगी पढाउनु पर्ने जटिलतालाई सहज बनाउने उद्देश्यले उक्त कार्यलाई अगाडि सारिएको छ ।
भौगोलिक अवस्थिति
भौगोलिक अवस्थितिका हिसावले यो विद्यालय समुद्र्र सतहदेखि करिव १९९ मीटर उचाईमा नेपाल राष्ट्रको मध्यभाग नवलपरासी वर्दघाट सुस्ता पूर्व जिल्ला अन्तर्गत कावासोती नगरपालिका वडा नं. ४ हसौरा छिपछिपेको सीमावर्ती स्थानमा महेन्द्र राजमार्ग (जिल्ला प्रहरीकार्यालय) देखि करिव ५ कि.मी. उत्तरतर्फ शंखदेव हसौरा सामुदायिक वनदेिख दक्षिणतर्फ, हसौरा खोलादेिख पूर्व तर्फ अवस्थित यो विद्यालय अक्षांश र देशान्तरको हिसावले २७.६९ उत्तरी अक्षांश र ८४.१० पूर्वी देशान्तरमा रहेको छ ।
विद्यालय रहेको समुदायको बनोट तथा विद्यालय सेवा क्षेत्र
यस विद्यालयको सेवा क्षेत्रभित्र विशेषतः वसोबासका हिसाबले विविधतायुक्त मिश्रण पाइन्छ ः ब्राहमण क्षेत्री, थारु, मगर,दलित आदि जातिको बाहुल्यता रहेको पाइन्छ । यस वडामा ७५७ (नगरपालिकाले गरेको २०७८ सालको घरधुरी सर्वेक्षण अनुसार) घरधुरीको बसोबास रहेको छ ।
यसवाहेक छिमेकी गाँउपालिकाबाट विभिन्न तहमा अध्ययन गर्न यस विद्यालयमा आउने भएकोले ती गाँउपालिका यस विद्यालयका स्रोतका रुपमा लिइएकोछ ।